चरीका दाई ध्रुब अधिकारीले ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा उम्मेदवारी घोषणा गरे

Advertisement

काठमाडौँ ।  ध्रुब अधिकारीले ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । अधिकारीले बुधबार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । उनी प्रहरी इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी (चरी)का दाई हुन् । 

त्यस्तै, ठमेल पर्यटन विकास परिषद्का वर्तमान उपाध्यक्ष भविश्वर शर्माले सोमबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए अन्यले पनि उम्मेदवारी दिने चर्चा चलेको छ । 

Advertisement

पत्रकार सम्मेलन अधिकारीले ठमेलभित्रका समस्याहरुको समाधान गर्ने बताए । आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनेको ठमेललाई विकासको लागि आफूले उम्मेदवारी दिने निर्णय गरेको बताउँदै उनले अध्यक्षमा निर्वाचित भए ठमेल क्षेत्रको फोहोर व्यवस्थापन गर्ने, रातिकालिन व्यवसायीको समस्याको सावधान  गर्ने बताए । 

अधिकारीले सबै व्यवासायीसँग नङ् र मासु जसरी काम गरेर सम्बन्ध कायम गर्ने बताए । उनको समूहबाट उपाध्यक्षमा राजुमान डंगोल, महासचिवमा राजिब पाण्डेले समेत उम्मेदवारी घोषणा गरेका छन् ।

Advertisement

Advertisement