कीर्तिमानी आरोही शम्भू तामाङको निधन

Advertisement

काठमाडौँ । कीर्तिमानी आरोही शम्भू तामाङको ६७ वर्षको उमेरमा मृत्यु भएको छ । क्यान्सर अस्पताल हरिसिद्धिमा बिहीबार बिहान १० बजेर १३ मिनेटमा उनको निधन भएको नेपाल पर्वतारोहण संघका सदस्य राजेन्द्र लामाले जानकारी दिए । तामाङ क्यान्सर पीडित थिए । 

आरोही तामाङको शव हाल उनको आफ्नै निवासमा राखिएको छ । उनलाई तिथी हेरि दाहसंस्कार गरिने लामाले बताए । यसअघि हड्डीको क्यान्सर र प्रोस्टेटको समस्याबाट पीडित तामाङको सोही अस्पतालमा उपचार भइरहेको थियो । 

Advertisement

सिन्धुपाल्चोकको लिसंखुपाखरमा जन्मिएका तामाङले २०३० वैशाख २३ गते १७ वर्षको हुँदा सगरमाथाको सफल आरोहण गरेका थिए । आरोही उनले विश्वको सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । तर उनले राखेको रेकर्डपछि तोडिएको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान पाएका तामाङले स्वर्गीय राजा वीरेन्द्रबाट पनि सम्मान पाएका थिए ।

Advertisement

Advertisement