अदालतको आदेशपछि काममा फर्किए निगमका कार्यकारी अध्यक्ष अधिकारी

Advertisement

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन्। तत्कालिन पर्यटन मन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा मन्त्रिपरिषद्ले असार ६ मा अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

अधिकारीलाई निलम्बन गर्दै क्याप्टेन दीपु ज्वारचनलाई महाप्रवन्धक बनाइएको थियो । सो निर्णय विरुद्ध उनले १३ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

Advertisement

सर्वोच्च अदालतले बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उनलाई काममा फर्कन बाटो खोलेसँगै शुक्रबार उनी काममा फर्किएका हुन् । कार्यकारी अध्यक्ष अधिकारी २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।
 

Advertisement

Advertisement