कोरियामा नेपाल कल्चर तथा शैक्षिक केन्द्र, कोरियन कलाकार किम पर्यटन सद्भावना दूत नियुक्त

Advertisement

काठमाडौं । नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि दक्षिण कोरियाको सिओलमा नेपाल कल्चर तथा शैक्षिक केन्द्रको संञ्चालन गरिएको छ । केन्द्र सञ्चालनले कोरियनहरुका लागि नेपालको संस्कृतिबारे थप बुझ्न र समग्रमा नेपालको पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ । 

बिहीबार दक्षिण कोरियाको सिओलमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका सदस्यहरु मदन आचार्य र ङामा निमा शेर्पा, बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र सिओलका डेपुटी मेयर लगायतले उक्त सेन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

Advertisement

कार्यक्रममा सचिव न्यौपानेले कोरियामा सांस्कृतिक तथा शैक्षिक केन्द्र उद्घाटन हुनु नेपाली र कोरियाली दुवैका लागि खुशीको विषय भएको बताए। उनले यसबाट नेपालबारे जान्न चाहने कोरियनहरुलाई सहज हुनको साथै नेपालको प्रर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । 

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिड १९ पछिको नेपालको पर्यटन क्षेत्रको बारेमा जानकारी दिँदै नेपालले स्वास्थ्य सुरक्षा तथा अन्य प्राटोकलहरुको  पालना गरकोले ढुक्कसँग नेपालको भ्रमण गर्न आग्रह गरे । 

कोरियाका पर्यटन व्यवसायी, कलाकार तथा नागरिक समाजका प्रतिनिधि सहभागी कार्यक्रममा चर्चित कोरियाली कमेडियन  किम ब्याङ म्यानलाई कोरियाका लागि नेपाली पर्यटन सद्भावाना दूत नियुक्त गरिएको थियो । 

किम सन २०१५ को महाभूकम्पपछि नेपालको नुवाकोटका विभिन्न स्थानमा विद्यालय पुनःनिर्माणमा सहभागी भएका थिए । सद्भावना दूत नियुक्त भएपछि किमले आफूले आफ्नो टिभी कार्यक्रममा नेपालका बारेमा सामग्री राख्ने तथा नेपालमा कोरियाली सिनेमा छायांकन गर्ने समेत बताए । 

Advertisement

Advertisement