नेपाल ल्युब आयलले विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई गर्यो सम्मान

Advertisement

काठमाडौँ । नेपाल ल्युब आयल लिमिटेडले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालित सो कार्यक्रममा नेपालभरी रहेका ५०  भन्दा धेरै डिलर, गल्फ आयल इन्टरनेशनल, गल्फ आयल इण्डिया र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधिहरुको सहभागिता थियो । 

डिलरहरूलाई उत्प्रेरित गर्ने र अर्को वर्षको रोडम्यापसँग पंक्तिबद्ध गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । उक्त अवसरमा विभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई  सम्मान पनि  गरिएको थियो । 

Advertisement

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक श्री करण चौधरीले भने, ‘विगत केही वर्षदेखि बाह्य कारणले गर्दा व्यवसायहरूले एक वा अर्को समस्याको सामना गर्दै आएका छन्, यो चुनौतीपूर्ण समयमा पनि हाम्रा डिलरहरूको अथक प्रयास   र एनोभेशनको  कारण हामी नेपालकै सर्वाधिक बिक्री हुने ब्रान्ड भैराखेका छौं   । म हाम्रा सबै डिलरहरु  र टिमको  प्रयास लागि आभारी छु जसले यो सम्भव बनाएको छ ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।
 

Advertisement

Advertisement