वायु सेवा कम्पनीहरुले मनपरी ढंगले भाडा बढाएकोमा विधार्थीहरुद्वारा ध्यानाकर्षण

Advertisement

काठमाडौं । देशवासीले प्राकृतिक विपत्तिको सामना गरिरहेको र सडक सञ्जाल टुटेको अवस्थामा वायु सेवा सञ्चालकहरुले हवाई भाडा मनपरी ढंगले बृद्धि गरेकोमा पर्यटन मन्त्री बद्रि पाण्डेको ध्यानाकर्षण गराइएको छ । 

नेकपा एकीकृत समाजवादी निकट विधार्थी संगठन अनेरास्ववियूले आज मन्त्री पाण्डेको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो । 

Advertisement

संगठनका महासचिव महेश श्रेष्ठको नेतृत्वमा गएको विधार्थीहरुको टोलीले मन्त्री पाण्डेसँग भेट गरी मनपरी भाडा बृद्धि रोक्न, गरिव, असाहय तथा विधार्थीहरुलाई निःशुल्क गर्न र अन्य सर्वसाधारणलाई साबिककै भाडादर कायम गर्न माग गरेको विधार्थी नेता अशोक थापाले जानकारी दिए ।

Advertisement

Advertisement