अपि पावरको साधारणसभा स्थगित

Advertisement

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा र बुक क्लोजको मिति हाललाई स्थगित भएको छ ।

नियामक निकाय विद्युत नियमन आयोगले कम्पनीले घोषणा गरेको लाभांशमा पुनरवलोकन गर्नुपर्ने बताएकाले हाललाई वार्षिक साधारण सभा लगायतका प्रक्रिया स्थगित भएका हुन् ।

Advertisement

कम्पनी सञ्चालक समितिको असोज १५ गते बसेको बैठकको निर्णयले सभा हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

यसअघि कम्पनीले आव २०८०–८१ को नाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । 

लाभांश पारित गर्न आगामी कात्तिक १ गते वार्षिक साधारणसभा डाकेको थियो भने असोज १६ गते बुक क्लोज मिति तोकेको थियो । 

nullnull

 

Advertisement

Advertisement