हिमालयन बैंक र बीओकेले चाईना कन्सट्रक्सनबाट काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता पाउने

Advertisement

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको बैंक जमानत सम्बन्धी मुद्दामा चीनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)को पक्षमा फैसला गरेको छ । 

ग्यारेन्टी बापतको रकम सम्बन्धित बैंक्लाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा पैmसला गरेपछि अब चाईना कन्सट्रक्सनले बैंकहरुलाई काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता गर्नुपर्ने छ ।

Advertisement

फैसला अनुसार हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बापतको  ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउने छ । यस मुद्दामा चिनको झेङ्गझाउ जिल्ला अदालतले सन् नोभेम्बर ६, २०२० मा पनि नेपाली बैंकहरुको पक्षमा फैसला गरेको थियो, तर उक्त फैसला उपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।

हिमालयन र बीओकेले सन् २००८ मा चाईना कन्सट्रक्सन बैंकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्यूरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।

यसैबीच, हिमालयन बैंकले आज विज्ञप्ति प्रकाशित गरी न्यायका लागि यति लामो समयसम्म अनवरत सहयोग गर्ने नेपाल सरकार मन्त्री परिषदको कार्यालय, परराष्ट्र मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय, चीन सरकारसंग सम्बन्धित संस्थाहरु, बेजिङ्ग स्थित नेपाली राजदूतावास, चीनका लागि नेपाली पूर्वराजदूतहरु, नेपाल राष्ट्र बैंक, मेलम्ची खानेपानी आयोजना र बैंकको पक्षमा वकालत  गर्ने वरिष्ठ अधिवक्ताहरु लगायत प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैमा हार्दिक धन्यबाद ज्ञापन गरेको छ । 
 

Advertisement

Advertisement