बालाजुको जुत्ता कारखानामा आगलागी

Advertisement

काठमाडोँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगालागी भएको जानकारी दिए । अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ ।

यस्तै आगालागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ । 

Advertisement

Advertisement