नागढुंगामा एकै ठाउँमा पहिरोले पुरिएका १४ जनाको शब निकालियो

Advertisement

काठमाडौं ।  राजधानी काठमाडौं छिर्ने नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएका १४ जनाको शब निकालिएको छ । दुईवटा माइक्रो बसबाट उक्त संख्यामा शब निकालिएको हो । 

अविरल भारी बर्षासँगै आएको शनिबार बिहान आएको पहिरोमा दुई माइक्रो बर्ष पुरिएका थिए जसमा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव र अर्को एक माइक्रोबसबाट ९ जनाको शव निकालिएको हो । 

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु पनि बस र मानिस पुरिएको आशंकामा खोजी भइरहेको छ । 

Advertisement

Advertisement