भारतका अनुभवी पर्वतारोही अर्जुन वाजपेई शिशापाङ्माको आरोहण गर्दै

Advertisement

काठमाडौं । भारतका अनुभवी पर्वतारोही अर्जुन वाजपेई शिशापाङ्मा आरोहण गर्ने भएका छन् । 

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले चीनमा रहेको शिशापाङ्मा हिमाल आरोहणका लागि सोमबार त्यसतर्फ जान लागेको जानकारी दिए ।  

Advertisement

शिशापाङ्मा हिमाल विश्वको चौधौ अग्लो हिमाल हो । उक्त हिमालको सफल आरोहणसँगै विश्वका आठ हजार मिटर अग्ला ८ वाट हिमालहरु आरोहण गर्ने उनी भारतको पहिलो पर्वतारोही बन्ने छन् । उनले शिशापाङ्मा हिमाल सेभेन समिट ट्रेक कम्पनीबाट आरोहण गर्न लागेका हुन् । 

हालसम्म उनले सगरमाथा, ल्होत्से, मनास्लु, मकालु, चोयु, कञ्चनजङ्घा, अन्नपूर्ण गरी विश्वका आठ हजार मिटर अग्ला ७ वाट हिमालको सफलतापूर्वक आरोहण गरिसकेका छन् । १६ वटा एक्स्पडिशन गर्ने उनी एक मात्र भारतीय नागरिक हुन् । अर्जुन शिशापाङ्मा हिमालको सफल आरोहणसँगै भारतका लागि इतिहास रच्ने तयारीमा छन् । 

अर्जुनले यसअघि नै सबैभन्दा कान्छो आरोहीको रूपमा दुई वटा आठ हजार मिटर अग्ला हिमालको सफलतापूर्वक आरोहण गरी गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका थिए । सन् २०१० मा १६ वर्ष ११ महिना १८ दिनको उमेरमा उनले सगरमाथा र २०११ मा १७ वर्षको उमेरमा ल्होत्से हिमालको आरोहण गरेका थिए । 

अर्जुनको लक्ष्य विश्वका आठ हजार मिटर अग्ला १४ वाटै शिखरमा आरोहण गर्ने पहिलो भारतीय बन्ने रहेको छ । 

कुन हिमाल आरोहण कहिले गरे ? 
सगरमाथा    २०१०
ल्होत्से       २०११
मनास्लु      २०११
मकालु       २०१६
चोयु        २०१६
कञ्चनजङ्घा  २०१८
अन्नपूर्ण     २०२३

undefined

Advertisement

Advertisement