काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय डेढ अर्ब रुपियाँले बढेको छ । बीमा समितिको पछिल्लो तथ्यांकअनुसार सो अवधिमा उनीहरुले सात अर्ब ८७ करोड रुपियाँ बीमाशुल्क आर्जन गरेका छन् । गत बर्ष सोही अवधिमा यस्तो शुल्क छ अर्ब ४० करोड मात्रै संकलन भएको थियो ।
जीवन बीमा कम्पनीहरुको व्यवसाय खस्किएको बेला निर्जीवन बीमा कम्पनीहरुको बढेको हो । समीक्षा अवधिमा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी पहिलो छ । उक्त कम्पनीले दुई महिनामा एक अर्ब २० करोड रुपियाँ बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, ६७ करोड २४ लाख रुपियाँ बीमाशुल्क आर्जन गर्दै शिखर इन्स्योरेन्स दोस्रो नम्बरमा छ भने तेस्रो स्थानमा ५८ करोड ७३ लाख रुपियाँ बीमाशुल्क संकलन गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ ।
सबै कम्पनीको विवरण हेर्नुहोस्ः