सकियो खग्रास चन्द्रग्रहण, नेपालबाट एक घण्टा २३ मिनेट देखियो

Advertisement

काठमाडौं । खग्रास चन्द्रग्रहण सकिएको छ । नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलवार) साँझ ५ः११ मा शुरू भएको ग्रहण बेलुका ६ः३४ मा सकिएको हो । 

अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एशिया, अस्टे«लियाबाट समेत देखिएको थियो । 

Advertisement

चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण भन्ने गरिन्छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिएको थियो भने बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मुलन भएको थियो । 

नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखियो । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ ।  
 

Advertisement

Advertisement