माधव नेपाल भन्छन्– टक्कर दिएको, ओली बहुलाएर हिंडेका छन्

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई टक्कर दिएपछि बहुलाएर हिँडेको टिप्पणी गरेको छन् । 

बिहीवार विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गरेका नेता, कार्यकर्तालाई पार्टी कार्यालयमा स्वागत गदै उनले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको जिकिर गरे । ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको माधव नेपालले बताए । 

Advertisement

उनले सरकार ढलेपछि अहिले ओली उत्पट्याङ कुरा गरिरहेका भन्दै ओलीका उत्पट्याङ कुराहरुको संकलन गर्नुपर्ने बेला भएको बताए । माधव नेपालले ओलीले झुट्टा आक्रोश र बदला पोखिरहेको बताए । 

उनले अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेको दावी गरे । माधव नेपालले एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको श्रोत भनेको भ्रष्टाचार र लुट रहेको दावी गरे । 

उनले भने, ‘केपी ओलीलाई कसैले ढाल्नै सक्दैन भन्ने लागेको थियो । ढाल्ने काम गर्यौं । टक्कर दिनै सक्दैन भन्ने लाग्यो । टक्कर दियौँ । टक्कर दिएपछि अहिले देखिरहनुभएको छ, ओली बहुलाएको । बर्बराएको । के के उत्पट्याङ कुरा गरिरहेका छन् । यो त संकलन गर्नुपर्छ । केके बोले अहिलेसम्म । झुटा, उनका कुराहरु भनेको आक्रोश, बदलाको भावना हो । उनको अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति, पार्टी, राज्यभन्दा आफूलाई माथि ठान्ने प्रवृत्ति, पहिला पनि तानाशाहीमा यो प्रवृत्ति थियो । त्यही प्रवृत्तिका बहाक ओली बन्न पुगे । आज उनले चुनावमा गरिरहेको खर्च हेर्नत, अर्बौं अर्ब कहाँबाट ल्याए ? उनको पार्टीमा पैसा फल्ने रुख छ ? आम्दानीको श्रोत के हो ? लुट र भ्रष्टाचार हो । अहिलेको निर्वाचनमा पैसाको खोलो बगाएका छन् ।’

माधव नेपालले आफ्नो पार्टीको सरकार बनेपछि वृद्धभत्ता पाँच हजार पुर्याउने बताए । उनले आफ्नो सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्न काम गरेको बताए । नेता नेपालले यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी गरे । 

Advertisement

Advertisement