नेपाल र पाकिस्तानबीच हुने फुटबल खेलको टिकट मूल्य तय

Advertisement

काठमाडौं । कार्तिक ३० गते हुने नेपाल र पाकिस्तानबीचको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा टिकट खरिद गर्ने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा टिकट खरिद गरी खेल हेर्न आउने एक भाग्यशाली दर्शकलाई कतार विश्वकपको टिकट उपलब्ध गराउने भएको हो । पत्रकार सम्मेलनमा एन्फाले मैत्रीपूर्ण खेलको तयारीसमेत पूरा भएको बताएको छ । 

Advertisement

एक भाग्यशाली दर्शकलाई कतारमा आयोजना हुने विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट दिने बताएको हो । यस टिकट प्राप्त गर्न भिभिआईपीतर्फको ५ हजार रुपियाँको टिकट किन्नुपर्नेछ । खेल दशरथ रंगशालामा साँझ पाँच बजे शुरु हुनेछ ।

मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली आईतवार नेपाल आइपुग्ने एन्फाले जनाएको छ । नेपालले यसअघि असोज ११ गते बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेल खेलेको थियो । जहाँ नेपाल ३–१ ले विजयी भएको थियो । पाकिस्तानबिरुद्धको खेलमा नेपालको प्रशिक्षण प्रवेश कटुवाललाई जिम्मेवारी दिएको छ । 

नेपाल र पाकिस्तानबीचको अन्तराष्ट्रिय खेल आयोजना गर्नको लागि एन्फाले विभिन्न कमिटिहरु गठन गरेको छ भने टिकट दर पनि तोकेको छ । उक्त खेलका लागि साधारण पारापिटतर्फ पाँच सय रुपैयाँ र भीआइपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर निर्धारण गरिएको छ । 

एन्फाले सो खेलको टिकट बिक्रीको अधिकार फुटसल भिलेज प्रा.लि. लाई दिएको छ । मैत्रिपूर्ण खेलका लागि नेपाली टोली अहिले प्रवेश कटुवालको प्रशिक्षमा रहेको छ । 

Advertisement

Advertisement