बाबुरामलाई लिएर भोट माग्न हिंडेका सिंह भन्छन्– जितको आधार कांग्रेसभन्दा पनि गठवन्धन हो

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनले नै जित हाँसिल गर्ने दाबी गरेका छन् । 

पूर्वमाओवादी नेता तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई लिएर शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो कार्यक्रममा निस्किएका उनले आसन्न मंसिर ४ गते हुने संसदीय निर्वाचनमा गठबन्धनको जित सुनिश्चित रहेको दावी गरेका हुन् । 

Advertisement

सिंहले आफूले पार्टीलाई भन्दा पनि गठबन्धनलाई अघि राखेर र आधार मानेर आफू अघि बढिरहेको पनि बताए । उनले संविधान जारी गरेपछि संविधानलाई कार्यान्वयन गर्ने अवसर दिन गठबन्धनलाई जिताउन आवश्यक भएको तर्क गरे । 

सिंहले आसन्न निर्वाचनले संविधानलाई रक्षा गर्दै प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, विकास निर्माणका प्रक्रियाहरुलाई अघि बढाउने आश्वासन दिए । उनले आम मतदाताले विगतमा र अहिलेको शासन पद्धतिमा फरक के छ ? भन्ने प्रश्न गरिरहेको बताए । 

त्यसलाई सम्बोधन गर्न बिरलिएका मुद्दाहरुमा तीन तहकै सरकारले पूर्ण रुपमा काम गर्न पाउने काम गर्न चाहेको सिंहले बताए । उनले केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के हो ? भन्नेकुरा जनताले महशुस हुनेगरी काम गर्ने बताउँदै आफ्नो निर्वाचन क्षेत्र काठमाडौं १ मा स्वच्छ खानेपानी, शिक्षाको गुणस्तरमा सुधार र निःशुल्क र गुणस्तर स्वास्थ्य प्रणालीको विकास गर्न आम मतदाताहरुले माग गरेको बताए । 

सिंहको घरदैलो कार्यक्रममा बाबुरामको समेत सहभागिताले झन मतदाता भडकिनसक्ने कतिपयको तर्क छ । कांग्रेसको पछिल्लो महाधिवेशनमा अन्तिम समयमा शेरबहादुर देउवालाई पुनः सभापति बनाउन सघाएपछि सिंहप्रति काठमाडौंका मतदाता निकै रुष्ट भएका छन् । 

Advertisement

Advertisement