निर्वाचनमा पाँच दलीय गठवन्धन विजयी भए मुलुकमा आर्थिक क्रान्तिको सुरुवात गर्छः खाँड

Advertisement

काठमाडौं । गृहमन्त्री एवम् नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको तर्क गरेका छन् । 

सत्तारुढ गठबन्धनले जनताको जीवनलाई बदल्ने संकल्प लिएकाले सोही गठबन्धनलाई आसन्न निर्वाचनमा आम मतदाताले साथ दिनुपर्ने उनको भनाई थियो । शुक्रबार भैरहवामा आयोजित नेपाल महिला संघको रुपन्देहीको भेलामा खाँडले उक्त कुरा बताएका हुन् । 

Advertisement

उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा विजयी भए मुलुकमा आर्थिक क्रान्तिको सुरुवात हुने आश्वासन समेत दिए । खाँणले मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन अहिले सत्तामा रहेका दलहरुको नेतृत्वमा सम्भव भएकाले मुलुकको आर्थिक क्रान्ति पनि सोही दलहरुको नेतृत्व सम्भव हुने तर्क समेत गरे । 

उनले भने, ‘अहिले पाँच दलीय गठबन्धनको बीचमा भएको सहमतीले जनताको जीवनलाई बदल्न सकिनेछ भन्ने अठोट हामीले लिनु परेको छ । संकल्प गर्नु परेको छ । म विश्वास दिलाउन चाहन्छु–महिला दिदीबहिनीहरुको यो सम्मेलनमा हामीले हाम्रो पाँच दलीय गठबन्धनले नेपालको प्रगति गर्न सकिनेछ । नेपालको गरिवी घटाउन सकिनेछ । नेपालमा रोजगारी उपलब्ध गराउन सकिनेछ । सत्तारुढ गठबन्धनलाई साथ दिनु हामी सबैको दायित्व हो ।’

खाँणले पाँच दलीय गठबन्धनकै नेतृत्वमा मुलुकमा गरिवी हट्ने र रोजगारीको अवसर उपलब्ध गराउन सकिने जिकीर पनि गरे । उनले रुपन्देहीलाई देशकै आर्थिक विकासको केन्द्र बनाउन आफूले चाहेको बताए । 

Advertisement

Advertisement