अर्जुन प्रसाईंको कडा चुनौति सामना गरिरहेका गगनलाई स्वर्णिमको साथ, ‘अबको प्रम गगन हो’

Advertisement

काठमाडौं । अर्थविद् स्वर्णिम वाग्लेले नेपाली काँग्रेसका महामन्त्री गगन थापा आसन्न संसदीय निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । लोकप्रिय स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईंको सामना गरिरहेका गगनले आफ्नो निर्वाचन क्षेत्रमा शनिबार उनलाई बोलाएर कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा वाग्लेले मुलुकको प्रधानमन्त्री बन्न थापा सक्षम र तयार रहेको पटकपटक दोहोर्याए । थापालाई जिताएर पठाउन स्थानीय मतदातालाई आग्रह गर्दै उनले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेको दावी गरे । गगनलाई प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने वाग्लेले बताए । 

Advertisement

उनले थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेकलाई बीमाको माध्यमबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको बताउँदै थापाकै नेतृत्वमा मुलुकको अवस्थामा पनि परिवर्तन गर्न सकिने बताए । 

अब पूराना पुस्ताका नेताहरुको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने उनको भनाई छ वाग्लेले भने, ‘गगन थापालाई मैले १५–१६ वर्ष अगाडि देखेको हुँ । उनी आन्दोलनबाट खारिएका आएका नेता हुन् । २०६२–६३ को आन्दोलनमा गगन थापा, प्रदीप पौडेलहरुले नै विद्यार्थी आन्दोलनका थामेका हुन् । काठमाडौंका सडकहरु तताएका हुन् । त्यतिबेलाको आन्दोलनको अग्रमोर्चामा रहेर, के का लागि भन्दाखेरी पहिला व्यवस्था परिवर्तन गरौं । त्यसपछि अवस्था परिवर्तन गर्नुपर्छ ।’ 

समन्यायिक समाज बनाउनका लागि पनि आर्थिक सामाथ्र्य ठूलो हुुनुपर्छ भन्दै उनले थपे, ‘यसपाली हामीले कोखदेखि शोकसम्म भनेर शिक्षा, स्वास्थ्यलगायत एकीकृत सामाजिक सुरक्षाको अवधारणाहरु पनि लिएर आएका छौं । कतिपयले यो छर्ने खालको भनेर आलोचना पनि गरे । त्यो बुझाईको कमी हो भन्ने मलाई लाग्दछ ।’

अर्थविद् थापाले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउनसक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्नेसमेत बताए । उनले युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए । 

Advertisement

Advertisement