विकास, सुशासन र देश हितका एजेन्डामा संसदमा  लोभीपापीको सातो खानसक्नेलाई चुनौंः आचार्य

Advertisement

काठमाडौं । पूर्वाधारविद. तथा विश्लेषक डा. सूर्यराज आचार्य आसन्न संसदीय निर्वाचन विकास, सुशासन र देश हितका एजेन्डामा संसदीय मञ्चबाट चल्तीका लोभीपापीको सातो खानसक्नेलाई चुन्न आव्हान गरेका छन् । 

सामाजिक सञ्जालमा उनले फेरि पनि ठूला भनिएकाबाट शासित हुनुपर्ने परिदृश्य देखिएको भन्दै यो स्थितिमा पात्र जो भए पनि राज्यदोहन र दलाली निरन्तरता पाउने चिन्ता प्रकट गर्दै केही व्यक्ति भए पनि चल्तीका लोभीपापीको सातो खानसक्नेलाई चुन्न आग्रह गरेका हुन् । 

Advertisement

आचार्यले लेखेका छन्, ‘यो चुनावमा पनि नेपाली जनताले ठूला भनिएका उही पूराना दलबाट शासित हुनुपर्ने परिदृष्य देखिँदै छ। पात्र जो कोही भए पनि विकासरहित राज्यदोहन र दलालीले निरन्तरता पाउने छ । कमसेकम विकास–सुशासन र देश हितका एजेन्डामा संसदीय मञ्चबाट चल्तीका लोभी–पापीहरूको सातो खानसक्ने केह? व्यक्ति चुनौं !’

पछिल्लो समयमा वैकल्पिक राजनीतिक दल र स्वतन्त्रतर्फ जनलहर देखिएपछि पूराना दल र पूराना नेताहरु झस्किएका छन् । कतिपयले निर्वाचन निष्पक्ष भएको खण्डमा ती दल र व्यक्तिहरुको निकै ठूलो उपस्थिति संसदमा हुनसक्ने अनुमानसमेत गरेका छन् । 

यो चुनावमा पनि नेपाली जनताले ठूला भनिएका उहि पुराना दलबाट शासित हुनुपर्ने परिदृष्य देखिँदै छ। पात्र जो कोहि भए पनि विकास-रहित राज्यदोहन र दलालीले निरन्तरता पाउने छ।
कमसेकम विकास/सुशासन र देश हितका एजेन्डामा संसदीय मञ्चबाट चल्तीका लोभी-पापीहरूको सातो खान सक्ने केहि व्यक्ति चुनौं!

— Surya Raj Acharya (@SuryaRAcharya) November 12, 2022

Advertisement

Advertisement