डा. तोसिमाको कडा चुनौति सामना गरिरहेकी भुसाल भन्छिन्– अहिले तेस्रो चुनाव पनि जित्छु

Advertisement

काठमाडौं । माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले आसन्न संसदीय निर्वाचमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी लोकप्रिय उम्मेदवार डा. तोसिमा कार्कीको कडा चुनौति सामना गरिरहेकी उनले फेरि चुनाव जित्ने दावी गरेकी हुन् । 

आईतवार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो  कार्यक्रममा बोल्दै भुसालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट आफू यसअघि पनि दुई पटक विजयी भइसकेको उल्लेख गर्दै यस पटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन् । 

Advertisement

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीसमेत रहेकी उनी सत्ता गठवन्धनकी उम्मेदवार हुन् । भुसालले आफूले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरु गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने जिकिर गरिन् । उनले घरदैलो कार्यक्रममा आम मतदाताहरु सत्ता गठबन्धन र विशेषगरी आफूसँग खुशी र सन्तुष्ट रहेको दावी पनि गरिन् । 

भुसालले भनिन्, ‘मैले यो क्षेत्रमा राम्रा कामहरु गरेको छु, जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन, यसभन्दा अगाडि पनि दुई पटकसम्म जितिसकेको हो, त्यस्ते डर मलाई छैन, जनताले, मतदाताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ, विगतमा झैँ यस पटक पनि आम मतदाताहरु खुशी हुनुहुन्छ, सबैको साथ र सहयोग मलाई प्राप्त छ । गठबन्धन र विशेष गरेर यही क्षेत्रको नागरिक भएकाले जनताले हामीलाई धेरै मन पराउनुभएको छ ।’

Advertisement

Advertisement