महालक्ष्मी विकास बैंकका ग्राहकहरुले विभिन्न संस्थाका सेवाहरुमा २५ प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । 

Advertisement

बैंकका ग्राहकहरुले द हिमालयन ग्रील बाई बाजेकोका सम्पूर्ण सेवामा १५ प्रतिशत, कुन्दालिनी आयुर्वेदका सेवाहरुमा अधिकतम २० प्रतिशत, टीसुबाकी ब्यूटी सैलुनका सेवाहरुमा १० प्रतिशत, अफुलेन्स एस्थेटिक्स प्रालिका सेवाहरुमा १० प्रतिशत र क्रिस्टल डायनोस्टिक प्रालिका  सेवाहरुमा अधिकतम २५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।
 

Advertisement

Advertisement