काठमाडौँ । बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ३० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार ४ सय र तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।