काठमाडौं । अवकाश हुन करिव एक साता समय बाँकी रहँदा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र संसद सचिवालयले जबरालाई दिएको छ ।
संसदका महासचिव भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएसँगै जबरा आजै कार्यालय जाने भएका छन् ।
जबराले फुकुवाको पत्रका लागि संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले प्रस्ताव निष्क्रिय भएको जवाफ दिएका हुन् ।
जबरा स्रोतका अनुसार संदसद सचिवालयको पत्र सर्वोच्च अदालतमा समेत दर्ता भइसकेकोले आजै उनी कार्यालय जाने तयारीमा छन् । उनले सत्यको जित भएको बताउँदै जबराले आफ्नो नियमित काम गर्ने बताए ।
सत्तारुढ गठवन्धनका विशेषगरी पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको भ्रष्टाचारसम्वन्धी मुद्दाका साथै सर्वोच्च अदालतभित्र केही वकिल र न्यायाधीशहरुको बनाएको सिण्डिकेट तोड्न खोजेपछि उनलाई जबरजस्ती महाभियोग प्रस्ताव दर्ता गरेर निलम्बनमा राख्ने र कार्यालय जानबाट रोक्ने काम भएको थियो ।