इङ्ल्याण्डलाई हराउँदै फ्रान्स विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा

Advertisement

काठमाडौं । इङ्ल्याण्डलाई हराउँदै फ्रान्स जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको अन्तिममा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि इङ्ल्याण्ड २–१ गोलअन्तरले क्वाटरफाइनलबाट बाहिरिन बाध्य भएको हो । 

आइतबार बिहान भएको खेलमा इङ्ल्याण्डले पाएको पेनाल्टीको मौका कप्तान ह्यारी केनले गोल गर्न असफल भएका थिए । खेलको १७औं मिनेटमा गोल गर्दै अग्रता लिएको फ्रान्ससँग ५४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इङ्ल्याण्डले पराबरी गरेको थियो । फ्रान्सले ७८औं मिनेटमा फ्रान्सले अर्को गोल थपेको थियो । 

Advertisement

यसअघि दुई पटक विश्वकप जितिसकेको फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोको सामना गर्नुपर्नेछ । 

Advertisement

Advertisement