रेशम चौधरीलाई जेलबाट छुटाउन अध्यादेश नै जारी, प्रहरी संगठनमा असन्तुष्टि बढ्नसक्ने

Advertisement

काठमाडौं । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीलाई छुटाउन अध्यादेश नै जारी गरेको छ ।

संसद नभएको समयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी अपराध संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । 

Advertisement

अध्यादेशमा चोधरीलाई आममाफी नभनी नेगेटिभ लिस्टबाट हटाउने तर्क गरिएको छ । प्रहरीको उच्च अधिकारीसम्माको ज्यान जाने गरी भएको घटनाका मुख्य दोषीको रुपमा चिनिएका चौधरीलाई यसअघि नै जेलमुक्त गर्ने प्रयास ठूला दल र नेताहरुले गरे पनि प्रहरी संगठनभित्र बिद्रोह हुनसक्ने डरका कारण उनीहरु पछि हट्दै आएका थिए । 

तर अहिले नयाँ सरकार बनाउन सकस भएपछि सत्तारुढ दल र नेताहरु अध्यादेश नै जारी गर्ने अवस्थामा पुगेका हुन् । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु नयाँ सरकार गठन गर्न प्रतिनिधिसभाको बहुमत (१३८ सांसदको समर्थन) जुटाउन प्रयासरत छ । त्यसका लागि नागरिक उन्मुक्ति पार्टीको समर्थन जरुरी हुन्छ । यसअघि नेताहरुले आफै डिल्ली बजार कारागार भएर चौधरीलाई भेट्दै आएका थिए ।

Advertisement

Advertisement