आन्तरिक एकताका लागि रेशमलाई रिहा गर्न लागेको कार्कीको तर्क, अफताव पनि रिहा हुनसक्ने

Advertisement

काठमाडौं । सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको जिकिर गरेको छ । 

सोमवार मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चरकर्मीहरुको प्रश्नमा कार्कीले मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनैतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मुलधारमा ल्याउने उद्देश्यका साथ यो अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको दावी गरे । 

Advertisement

सरकारले यस अध्यादेशमार्फत टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीसँगै जिउँदै मानिसहरु इट्टाभट्टामा हालेर पोलेको आरोपमा जेलमा रहेका नेपाली कांग्रेसका नेता आफताव आलमलाई पनि रिहा गर्न लागेको बताइन्छ । प्रहरीका उच्च अधिकारीहरुको समेत हत्या भएको टीकापुर घट्नासँग जोडिएका चौधरीलाई यसअघि नै रिहा गर्ने प्रयास नेताहरुले गरे पनि प्रहरी विद्रोह हुने डरले उनीहरु हच्किँदै आएका थिए । अहिले नयाँ सरकार बनाउन सडक भएपछि उनीहरुले चौधरीलाई रिहा गर्न लागेका हुन् । 

कार्कीले यस किसिमका अध्यादेश यो भन्दा अघिका सरकारले पनि जारी गरेको तर्क गर्दै अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निम्ति अध्यादेश ल्याएको जिकिर गरे । 

प्रवक्ता कार्कीले मुलुकलाई अहिले शान्ति चाहिएकाले सबैको सहयोग र योगदान रहोस् भन्ने उद्देश्यले अध्यादेश ल्याइएको पनि बताए । 

Advertisement

Advertisement