सगरमाथा आधार शिविर सार्ने विषयमा रायसुझाव संकलन गर्न छलफल सुरु

Advertisement

काठमाडौं ।  सगरमाथा आधार शिविर व्यवस्थापनबारे सरोकारवालाहरुसँग छलफल एव. अन्तरक्रिया सुरु गरिएको छ । सगरमाथाको आधार शिविर सार्ने बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत समाचार आएपछि सरकारले सगरमाथा आधार शिविर व्यवस्थापन समिति गठन गरी छलफल अघि बढाएको हो। 

नेपाल पर्वतारोहण संघले पोखरामा आयोजित सातौं माउन्टेन फेस्टिभल–२०२२ मा यो समिति गठन गरी सरोकारवालाहरुसँग छलफल एवम अन्तरक्रिया सुरु गरेको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए । 

Advertisement

समितिको अध्यक्षमा पर्वतारोहण संघका अधयक्ष निमा नुरु शेर्पा, सदस्यमा पर्यटन प्रवर्द्धन शाखाका उपसचिव सरोज पोखरेल, नापी विभागका प्रमुख नापी अधिकृत हरिशरण नेपाल, जल तथा मौसम विज्ञान विभागका उपसचिव इन्दिरा कँडेल, खुम्बु पासाङ्गल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरि शेर्पा, सगरमाथा आरोही संघका अध्यक्ष माया शेर्पा, विश्व कीर्तिमानी पर्वतारोहीहरु कामीरिता शेर्पा, आजाङवु शेर्पा, फून्जी लामा र सदस्य सचिवमा पर्यटन विभागका निर्देशक युवराज खतिवडा रहेका छन् । 

समितिले समूह विभाजन गरी समूहमा सिमाविद डा. बुद्धिनारायण श्रेष्ठ, प्राडा गणेश गुरुङ, एक्स्पडिशन अपरेटर एशोसियशनका अध्यक्ष डम्बर पराजुली, सगरमाथा पालुशन कन्ट्रोअल कमिटिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पा, यूनियनबाट रामकाजी, सगरमाथा आरोही संघका दिवस पोखरेल र माडरेटर, जलवायु परिवर्तन विशेषज्ञ तथा आरोही दावा स्टेफेन शेर्पाले आफ्नो राय सुझाव लेखित समितिलाई बुझाएको निर्देशक खतिवडाले बताए ।

उनले भने, ‘छ वटा समूहले छलफल गरेर राय सुझाव समितिलाई बुझाएको छ । अब अर्को पनि कार्यक्रम गर्छौं । त्यो चाहिं सगरमाथा क्षेत्रमा नै हुनेछ ।’ 

Advertisement

Advertisement