‘सुविधा बढाउन सकिँदैन’ भनेपछि कर्मचारीले तिम्सिनाको माइक नै बिगारिदिए

Advertisement

काठमाडौं । संसद सचिवालयले संसद सेवा दिवस मनाइरहँदा भएका गतिविधिले सबैको ध्यान तानेको छ । सोही दिवसको कार्यक्रममा मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद सचिवालयको लागि बजेट बढाउन नमिल्ने र जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले थप सुविधा थप गर्न नहुने बताए । 

अध्यक्ष तिमिल्सिनाको उक्त भनाइबाट रुष्ट संसद सचिवालका कर्मचारीहरुले बुधवार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा अराजकता प्रस्तुत गरे । तोकिएको समयमा कर्मचारीहरु कार्यक्रम स्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको गुनासो तिमिल्सिनाको छ । 

Advertisement

सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन् भन्दैमा यस्ता गतिविधि गरेको भन्दै उनले घोर आपत्ति पनि जनाए । तिम्सिनाले कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै कहिले काहिं सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा पछि हट्न नहुने बताए । 

तिम्सिनाले विमोचन गर्ने पुस्तक ढिला ल्याउनु, राष्ट्रगान बजाउने बेलामा माइक नै बिगार्नु र प्राविधिक विषयको व्यवस्थापन नभइकन कार्यक्रम सञ्चालन गर्नु सेवा सुविधा नै नपुगेर हो ? भन्दै प्रश्न समेत गरे । कर्मचारीले आफ्नो दायित्व पूरा नगरेको कुरा सम्झिने कि नसम्झिने भन्दै उनले प्रश्न गरे ।

संसदमा काम गर्ने कर्मचारीले भन्सारको डिजी हुन चाहेको भाषणा गरेको भन्दै तिम्सिनाले आपत्ति जनाए । उनले राजनीतिमा सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फुटाउने काम गर्नु उचित नहुने भन्दै जनताले पुराना पार्टी र नेताहरुलाई यो निर्वाचनमा सुध्रिनका लागि अवसर दिएको बताए । 

माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर सेवा सुविधा बढ्छ भन्ने भ्रम पालेर नबस्न आग्रह गर्दै तिमिल्सिनाले आफूले कोही पनि कर्मचारीलाई गोजीबाट पुरस्कृत र बढुवा गरेको देखाउन चुनौती दिए । त्यस्तो पाए आफूले तत्काल पदबाट राजीनामा दिने पनि उनले बताए । 
 

Advertisement

Advertisement