आईएमई समूहले भारतीय अभिनेता विवेक ओबरोयलाई घुमायो चन्द्रागिरि

Advertisement

काठमाडौं । परिवारसहित नेपाल भ्रमणमा आएका भारतीय अभिनेता विवेक ओबरोयलाई बिहीबार आइएमई समूहले चन्द्रागिरि हिल्सको भ्रमण गराएको छ । 

नेपाल भ्रमणमा आएका विशेष पाउनाहरुलाई चन्द्रागिरि केवलकार चढाएर चन्द्रागिरि हिल्स घुमाउँदै आएको आईएमई समूहले ओबरोयको परिवारलाई पनि घुमाएको हो । उनी नेपाल घुम्न बुधबार नेपाल आएका थिए । चन्द्रगिरिमा उनले सो ठाउँमा रहेको भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरि हिल्स रिर्सोटबाट काठमाडौं उपत्यकाको मनोरम दृष्यहरु अवलोकन गरेका थिए । 

Advertisement

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक संजिव थापाले काठमाडौंको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चन्द्रागिरि रहेको बताउँदै ओबरोयलाई आफूहरुले स्वागत गरेको बताएका छन् । 

ओबरोयले आजै पशुपतिनाथ दर्शन गरेका थिए । बुबाआमा, पत्नी र छोराछोरीसहित आएका उनी आजै पोखरा प्रस्थान गरेका छन् । पोखरामा साहसिक खेलसहित घुमघाम गरेर अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको घोरेपानीस्थित पुनहिलमा पदयात्रामा निस्कने र पोखरा फर्किएर भैरहवा हुँदै लुम्बिनी जाने ओबरोयको योजना छ । 


 

Advertisement

Advertisement