सनराइज बैंकको ग्राहकहरुलाई विश्वज्योति सिनेप्लेक्समा दुई टिकटको खरिदमा एक टिकट निःशुल्क

Advertisement

काठमाडौं । सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी सन्राइज बैंकको ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ । 

पुस १ देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तर्गत सन्राइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् । 

Advertisement

यस योजनामा समावेश हुनको लागि ग्राहक महानुभावहरुले टिकट खरिद बापतको रकम सन्राइज बैंकका डेबिट/क्रेडिट कार्ड वा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । 

बैंकले केहि वर्ष अगाडी पनि क्यूएफएक्स सिनेमाजको २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो । 


 

Advertisement

Advertisement