काठमाडौं । नेपाल इस्योरेन्सले पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त साधारण सभाले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको समेत भएको कम्पनीले जनाएको छ ।