सेञ्चुरी बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरको सेवामा छुट दिने सम्झौता

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष अन्जनीकुमार झा र बैंकका वाग्मती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्टले  हस्ताक्षर गरेका छन् । 

Advertisement

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई काठमाण्र्डौ क्यान्सर सेन्टर, चागुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । थ्रीडी सीआरटी सेवा, आईएमआरटी सेवा, भीएमएटी सेवा लगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ । 

बैंकले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

Advertisement

Advertisement