लघुवित्त बैंकर्स संघले गर्यो वित्तीय साक्षरता कार्यक्रम

Advertisement

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले बुधबार धादिङको धादिङवेशीमा विभिन्न लघुवित्त संस्थाहरुमा आवद्ध करिव ३०० जनाको उपस्थितीमा धादिङमा रहेको क्रिक रिसोर्टमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 

उक्त संघका महासचिव रामवहादुर यादवको सभापतित्व तथा धादिङ क्षेत्र नं. २ का संघीय सासंद रामनाथ अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।  

Advertisement

प्रमुख अतिथि अधिकारीले  लघुवित्त संस्थाहरुले महिला दिदीवहिनीहरुलाई परनिर्भरतावाट छुटकारा दिएको र गाउँगाउँमा गई समूहमा आवद्ध गराई कार्यक्रम सञ्चालन गर्ने भएकाले यसको उद्देश्य राम्रो भएको बताए । 

यसैगरी संघका महासचिव यादवले लघुवित्तको उदेश्य पवित्र रहेको र कहिकतै सुधार गर्नुपर्ने भए छलफल गरी सुधार गर्न तयार रहेको बताए । 

उक्त कार्यक्रममा संघर्ष समितिका महासचिव पे्रम विकले लघुवित्तमा केहि समस्या रहेको र त्यही सुधार गर्नका लागि हामीले १२ बँुदे सम्झौता गरेको कुरा वताए । 

Advertisement

Advertisement