प्रधानन्यायाधीश र प्रस्तावित राजदूतविरूद्ध प्राप्‍त उजुरी खोलिँदै

Advertisement

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

दिउँसो ३ बजे बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ । 

Advertisement

आजै संसदीय सुनुवाइ समितिको संयुक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्‍त उजुरी तथा सूचना खोली वितरण र छलफल गर्ने कार्यसूची छ । 

त्यस्तै, प्रधानन्यायाधीश र प्रस्तावित राजदूतले पेश गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने तथा उनीहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची छ । 

साथै, सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ पनि समितिले सुरु गर्नेछ । 

Advertisement

Advertisement