भोलिबाट सीता एयरले काठमाडौं–दाङ व्यवसायिक उडान गर्ने

Advertisement

काठमाडौं । सीता एयरले भोलि बुधबारबाट दाङको टरिगाउँ विमानस्थलमा व्यवसायिक उडान सुरु गर्ने भएको छ । 

उक्त एयरलाइन्सले सातामा तीन दिन काठमाडौं–टरिगाउँ उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । माघमा परीक्षण उडान गरेको सीताले सोमबार, बुधबार र शनिबार उडान गर्नेछ । 

Advertisement

यो गन्तव्य उडानका लागि एकतर्फी भाडादर पाँच हजार ८६५ रुपियाँ रहेको छ । टरिगाउँ विमानस्थल सन् १९६१ बाट संचालनमा आएको हो ।

Advertisement

Advertisement