काठमाडौं । उत्कृष्ट करदातको रुपमा सिटी एक्सप्रेस मनी ट्रान्सफर सम्मानित भएको छ । सिटी एक्सप्रेस रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको हो ।
राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले आर्थिक बर्ष २०७९–८० को वित्तीय विवरणका आधारमा विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुको घोषणा गर्दै उनीहरुलाई सम्मान गरेको हो । अर्थमन्त्री बिष्णु पौडेलले सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनलाई सम्मानपत्र प्रदान गरे ।
सिटी एक्सप्रेसको यो उत्कृष्ट करदातको रुपमा पहिलो सम्मान हो । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलिया, लगायतका देशबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५ हजारभन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।