राष्ट्रिय वाणिज्य बैंकले एससीटी युपीआई डेबिट कार्ड सेवा संचालन गर्ने

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा राष्ट्रिय वाणिज्य बैंकवीच एससीटी युपीआइ (एससीटी–यूपीआई) डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्मार्टच्वाईसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

Advertisement

यस सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले एससीटी युपीआइ डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्त गर्न सक्ने छन् । 

साथै, एससीटी युपीआइ सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतमा एटीएम, पोस, इकमर्श जस्ता सेवा सजिलै लिन सक्ने छन् ।
 

Advertisement

Advertisement