कृषि विकास बैंकले चितवनको भरतपुरमा खोल्यो नयाँ शाखा

Advertisement

काठमाडौं । गाँउ घरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैकको नयाँ शाखा बिस्तार भएको छ । 

बैकका सञ्चालक समिति सदस्य संजिव पौडेलले शनिबार गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका हुन् । उक्त कार्यक्रमको बैकका कार्यकारी अधिकृत गोविन्द गुरुङले अध्यक्षता ग्रहण गरेका थिए । 

Advertisement

बैकको २ सय ७१औँ र चितवन जिल्लाको १०औँ शाखाको रुपमा गीतानगर शाखा उद्धघाटन गरेको बैकका कार्यकारी अधिकृत गुरुङले जानकारी गराए । बैकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाईड्रोसम्म लगानी भईरहेको र हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिन गुरुङले अनुरोध गरे । 

उद्धघाटन कार्यक्रममा बैकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक, क्यूआर कोर्ड, पहिलो कर्जाग्राही विष्णु माया गौतम र चाँदनी खरेल लगायतलाई बैकको तर्फ फुलमालासहित सम्मान गरिएको बैकका गीतानगर शाखा प्रबन्धक सागरप्रसाद शर्माले जानकारी दिए । 

कार्यक्रममा भरतपुर महानगर वडा नं. ८ का वडा अध्यक्ष जीवनाथ कडेँल, वडा नं. ६ का वडासदस्य रुद्र अधिकारी, उवासंघ चितवनका उपाध्यक्ष अशोक अधिकारी भने कार्यक्रममा बैकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठ, वागमती तथा गण्डकी प्रदेश चिफ सुशिल हुमागाई, कृषि तथा एमएसएमई विभाग प्रमुख निकु आचार्य, मार्केटिङ्ग एण्ड सेल्स विभागका बरिष्ठ शाखा प्रमुखद्धय धुव्र पौडेल र खेटराज दाहाल  लगायतको विशेष सहभागिता थियो । 

बैकमा  झण्डै ३ लाख शेयरधनी रहेकोमा हाल गीतानगर बजार शाखा क्षेत्रमा करिब १ सय भन्दा बढी निक्षेपकर्ताले खाता खोली बैंकिङ कारोबार गर्दै आएका छन् । बैकले १ लाख ५२ हजार कर्जाग्राहीबाट २ सय ६ अर्ब लगानी गरेको छ भने २१ लाख निक्षेपकर्ताबाट २ सय ६० अर्ब निक्षेप संकलन गरेको जनाएको छ । 
 

Advertisement

Advertisement