पोखरा विमान दुर्घटनामा मृत्यु भएकी शाहीको परिवारलाई एक करोड दाबी भुक्तानी

Advertisement

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफले रू एक करोड एक लाखको मृत्यु दाबी भुक्तानी गरेको छ । 

पोखरा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको माघ १  गते पोखरामा यती एयरलाइन्सको  जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो । 

Advertisement

बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति आमा कोपिला घर्ति क्षेत्रीलाई रू एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको हो । 

आफ्नो जीवनकालमा स्वः शाहीले नेपाल लाइफ बालाजु शाखा कार्यालयबाट मिती २०७९ भदौ २९ गते रु.५०,००,०००/– बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिएकी थिइन् । 

बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,०००/– र दुर्घंटना मृत्यु दावी बापत रु.५०,००,०००/– गरी जम्मा रु.१,०१,००,०००।– इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको कम्पनीले जनाउको छ । 

Advertisement

Advertisement