लाभांश र एफपीओ प्रस्तावसहित नेशनल लघुवित्तको साधारणसभा आह्वान

Advertisement

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

लघुवित्तको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकअनुसार सभा मंसिर २४ गते अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि शुरु हुनेछ । 

Advertisement

सभाामा गत आर्थिक वर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ । 

त्यस्तै संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०ः३० कायम गर्न सर्वसाधारणतर्फको ७ लाख ६५ हजार ३७७.६४ कित्ता शेयर प्रिमियममा थप सार्वजनिक (एफपीओ) निष्कासन गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ।

साथै गत आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेण्डा रहेका छन् । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर १८ देखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । 

मंसिर १७ गतेसम्म नेप्सेमा कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न पाउनेछन् । 

Advertisement

Advertisement