चन्द्र भण्डारीकी ८९ बर्षीया वृद्ध आमा हरिकलाको उपचारका क्रममा निधन

Advertisement

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान १० बजेर ५७ मिनेट निधन भएको भण्डारीको पारिवारिक स्रोतले बतायो । हरिकला ८९ वर्षकी थिइन् ।

Advertisement

गएराति बुद्धनगरस्थित घरमा ग्यास सिलिण्डर विस्फोट भएर आमालाई पोलेपछि आगो निभाउन गएका नेता चन्द्र भण्डारी पनि घाइते भएका थिए । तत्कालै उनीहरुलाई उपचारका लागि आगलागीका बिरामीहरुको उपचार गर्ने कीर्तिपुरस्थित अस्पताल लगिएको थियो । 

नेता भण्डारीको अवस्था पनि जटिल बन्दै गएको भन्दै उपचारमा संलग्न चिकित्सकले चाँडै विदेशको सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएका छन् । उनलाई भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।

भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको जनाइएको छ ।

Advertisement

Advertisement