संस्थापक अध्यक्ष राणाको स्मृतिमा लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा छात्रबृत्ति प्रदान

Advertisement

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आज काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । 

प्रतिविद्यार्थी बार्षिक रु. १२ हजारको दरले रु. १ लाख २० हजार बराबरको छात्रबृत्ति प्रदान गरेको हो । 

Advertisement

कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२औं दिनको पुण्यतिथिका अवसरमा उक्त छात्रबृत्ति प्रदान गरेको हो । 

कार्यक्रममा १ घण्टासम्म स्व. राणाको जीवनी, उनले देशलाई पुर्याएको योगदानको चर्चा गर्नुको साथै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरुले उनको गुणहरुको सम्झना गर्दै गुणानुस्मृति र परित्राण पाठ गर्दै अन्त्यमा पुण्यानुमोदन गरे । 

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष मनोहर दास मुल, सञ्चालक विश्वराज रेग्मी, पूर्व सञ्चालक शङ्कर घिमिरे, प्रमुख कार्यकारी अधिकृत एनपि प्रधान लगायतका कम्पनीका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement