लक्ष्मी सनराइज बैंकको ४० लाख ६१ हजार कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । लक्ष्मी सनराइज बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

बैंकले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४० लाख ६१ हजार ४२९ कित्ता शेयर बिक्रीमा राखेको हो । 

Advertisement

यो शेयर हाललाई बैंकका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आफूले लिन चाहेको शेयरको विवरण खुलाई बैंकको मुख्य कार्यालय हात्तीसार काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ । 

साथै तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ । 
 

Advertisement

Advertisement