आन्तरिक पर्यटक प्रवर्द्धन गर्न काठमाडौं–चितवन–पोखरा ‘द अमेजिङ मोटर र्याली’ हुने

Advertisement

काठमाडौं । रोटरी क्लब अफ वागमती र काठमाडौं गेस्ट् हाउस्को सहकार्यमा ‘१०औं द अमेजिङ मोटर र्याली– २०२३’ आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी र्यालीबारे जानकारी दिइएको हो । 

काठमाडौंबाट चितवन हुँदै पोखरा करिब ३५० किलोमिटर यात्रा फागुन ६ गतेदेखि सुरु हुनेछ । र्याली राजधानीको प्रर्दशनीमार्गबाट शुभारम्भ भई चितवन हुँदै पोखराको बिन्दबासनी मन्दिर चोक, पोखरा बाग्लुङ हाईवे, काठमाडौं गेस्ट हाउस, हिमालयन फ्रन्ट होटल सारङकोटमा पुगी सम्पन्न हुनेछ । 

Advertisement

यस र्यालीमा सहभागी गाडीको संख्या ५० हुने र १५० जनाको सहभागी हुने आयोजकले जनाएको छ ।नेपाल पर्यटन बोर्डको सहयोग र समर्थनमा हुने कार्यक्रम आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको जनाइएको छ । 

त्यस्तै, आँखामा लाग्ने क्यान्सर रोगबारे जनचेतना बढाउन ‘रेटिनोब्लास्टोमा इज क्युरबल’ नारालाई पनि यस र्यालीको माध्यमबाट जनचेतना फैलाइने छ । मोटर र्यालीका साथै राजमार्गमा सुरक्षित ड्राईभिङलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको बताउँदै आयोजकले यो कुनै एउटा गाडीले अर्को गाडीलाई उछिनेर पहिलो बन्ने प्रतिस्पर्धा नभएको बताएको छ । 

मानिसले गाडी चलाउने साधारण गति, समय, दूरीको आधारमा विजेता घोषणा गरिने बताउँदै आयोजक काठमाडौं गेष्ट हाउसकी सगुनी सिंह शाक्यले समयभन्दा छिटो पुगेमा प्रत्येक मिनेटको २० अंक थपिने, समय भन्दा ढिलो पुगेमा प्रतिमिनेटको १० अंक मात्र थपिने र सबैभन्दा कम अंक प्राप्त गर्ने सहभागी विजयी हुने बताइन् । 

Advertisement

Advertisement