क्षमादेवी ग्रुपले सञ्चालन गर्यो नेपालकै पहिलो कन्स्ट्रक्सन मार्ट

Advertisement

काठमाडौं । क्षमादेवी ग्रुपले नेपालकै पहिलो कन्स्ट्रक्सन मार्ट सञ्चालन गरेको छ । 

ग्रुपका संचालक निरन्जनकृष्ण श्रेष्ठ र सोमानी टाइल्स डेपुटी सुजितकुमार मोहन्टी र संजीव रंजनले मार्ट भित्र सोमानी स्टुडियो उद्घाटन गरेका हुन् । 

Advertisement

उक्त मार्ट १६,४२८ वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । उक्त  क्षमादेवी मार्टमा यूपीभीसी, सेनिटरी, फ्लोरिङ, किचन, टायल्स मार्वल, होम अप्लायन्स र पाइप्स लगायत घर बनाउन आवश्यक किल्लादेखि चाबी सम्म पाइने सीईओ हेलेन घिमिरेले बताए । 

घर बनाउँदा चाहिने सम्पूर्ण सामग्री, इन्टेरियर र एक्सटेरियर सामान एकै छाना मुनि पाउनुको साथै मार्टमा प्रोडक्ट एक्सपर्टद्वारा परामर्श सेवा पनि उपलब्ध रहेको छ ।  

मार्ट उद्घाटनका अवसरमा कम्पनीले टिकटक प्रतियोगिता पनि सुरुवात गरेको छ । जस अन्तरगत क्षमादेवी ग्रुपको जिंगलमा टिकटक बनाई प्रथम हुने एक जनालाई १ लाख, द्वितीय हुने २ जनालाई ७५००० र तृतीय हुने ३ जनालाई ५०००० पुरस्कार दिइने छ । 

मार्टमा ३० भन्दा बढी ब्रान्डका ३००ं प्रोडक्ट क्याटागोरी रहेको छ ।  घर बनाउँदा सामान किन्न बिभिन्न ठाउँहरु धाउन पर्ने बाध्यता रहेको अहिलेको अवस्थामा ग्राहकको समय बचत गरि गुणस्तरीय निर्माण सामाग्री एकै ठाउँमा सुपथ मूल्यमा उपलब्ध गराउने कम्पनीको रद्देश्य रहेको छ । 
 

Advertisement

Advertisement