सन् २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटरको अवार्ड टिभिएस एनटर्क १२५ रेस एक्सपीलाई

Advertisement

काठमाडौं । टिभिएस एनटर्क रेस एक्सपी सन् २०२२ को उत्कृष्ट फिचर लोडेड स्कुटर अवार्डद्वारा सम्मानित भएको छ । नेपालमा टिभिएस मोटर कम्पनीको आधिकारीक बिक्रेता जगदम्बा मोटर्स रहेको छ । 

एक सय २५ सीसी सेग्मेन्टको स्कुटरमा १० पिएसभन्दा बढी पावर निकाल्ने एक मात्र स्कुटर भएकोमा यसलाई उक्त अवार्ड प्रदान गरिएको जगदम्बा मोटर्सले जानकारी दिएको हो । अवार्ड नेपाली स्टार्टअप, उत्पादन र नेपाली प्राविधिक इभेन्टसँग सम्बन्धित नेपाली संस्था टेकलेखले प्रदान गरेको हो । 

Advertisement

स्कुटर उद्योगमै पहिलो पटक भोइस असिस्ट फिचर ल्याएर टिभिएसले उद्योगमा एउटा नयाँ छाप छोड्न सफल भएको कम्पनीको भनाई छ । भोइस असिस्ट फिचरअन्तर्गत मोड चेन्ज, न्याभिगेसन, कन्सोल ब्राइटनेस एडजस्टमेन्ट, डु नट डिस्टर्ब जस्ता फिचरहरु उपलब्ध छन् । 

भोइस असिस्ट फिचरलाई टिभीएस स्मार्ट कनेक्ट ब्लुतुथ कनेक्टिभिटिले सपोर्ट गरेको छ । एनटर्क १२५ रेस एक्सपीको द रेस ट्युन्ड फुएल इन्जेक्सन (आरटी–एफआई) इन्जिनले ५५०० आरपीएमका साथ १०.२ पीएसको पावर र १०.८ एनएमको टर्क जेनेरेट गर्दछ । तीन वल्व सीभीटीआई–रेभ इन्जिन भएको यस स्कुटरको टप स्पिड ९८ किमि प्रतिघण्टा रहेको छ ।  

एनटर्क १२५ रेस एक्सपीमा दुई ओटा ड्राइभ मोड (स्ट्रिट मोड र रेस मोड) रहेको छ । ट्राइ टोन कलर थिम र रेस इन्स्पायर्ड बडी डिक्यालले पनि यस स्कुटरलाई स्पोर्टि लुक दिएको छ । त्यस्तै यसमा भएको टेलिस्कोपिक सस्पेन्सन र डबल स्टिच्ड हिस्टेरेसिस सिटले यस स्कुटरलाई आरामदायी त बनाएको छ । साथै, बजारमा उपलब्ध अन्य स्कुटरभन्दा एक कदमले अगाडि देखाएको छ । 

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवालले टिभिएस् एनटर्क १२५ रेस एक्सपी यो सेग्मेन्टमै सबैभन्दा बढी पावर दिने स्कुटर मात्र नभएर डुअल राइड मोड भएको पनि सेग्मेन्टमै पहिलो भएको बताए । 

Advertisement

Advertisement