मनकामना स्मार्ट लघुवित्तको वार्षिक साधारण सभा चैत १६ गते, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारण सभा चैत १६ गते हुने भएको छ । 

साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव कुलमणि ज्ञवालीले जनाएका छन् । 

Advertisement

उक्त साधारण सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी १४ करोड १७ लाख रुपियाँको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 
 

Advertisement

Advertisement