स्माटच्वाईस र माछापुच्छ्रे बैंकबीच रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्तानी सम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटे र माछापुच्छ्रे बैंकवीच रेमिट्याप वालेटमा स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईसका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले हस्ताक्षर गरेका छन् । 

Advertisement

बिगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय रेमिट्याप वालेटवीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौता पछि रेमिट्याप प्रयोगकर्ताले रेमिट्याप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन । 
 

Advertisement

Advertisement