पण्डितको विवाहमा प्रभु लाइफको बीमा पोलिसी उपहार !

Advertisement

काठमाडौं । धनुषाका राजिव पण्डितलाई विवाहको अवसर पारेर उनका साथीहरुले बीमा पोलिसी उपहार दिएका छन् । प्रभु लाइफको बीमा पोलिसी पण्डितको बिवाहमा उपहार स्वरुप दिइएको हो ।

शाखा प्रमुख राकेशकुमार सिंह र एजेन्सी म्यानेजर सिराजुल आलमले  पण्डितको गत फागुन १७ सम्पन्न भएको विवाहमा जीवन बीमा पोलिसी दिएका हुन् । प्रभु लाइफका अनुसार समृद्ध जीवन बीमा योजना उपहार दिइएको हो ।

Advertisement

अन्य उपहारभन्दा बीमा पोलिसी उपहार दिनु अझै अर्थपूर्ण हुने बुझाई पण्डितका साथीहरुले व्यक्त गरेका थिए । प्रभु लाइफले पनि पछिल्लो समय बिवाहमा बीमा पोलिसी दिनेहरुको संख्या बढ्ने क्रममा रहेको जनाएको हो । 

Advertisement

Advertisement