महालक्ष्मी विकास बैंकद्वारा प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण

Advertisement

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई सहयोग गरेको छ । 

दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयले प्रहरी वृत्त मालीगाँउलाई चेकिङ बोर्ड, सामाजिक जनचेतनामूलक पुस्तिका, आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर र मास्क हस्तान्तरण गरेको हो । 

Advertisement

मालीगाँउ वडा क्षेत्रवरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालीन समयमा प्रहरी चेकिङ गर्न सहयोग पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो । 

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाउँका वरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैैंकका निक्षेप बजारीकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख वसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । 

त्यसैगरी बैंकको शंखमुल शाखाद्वारा जिल्ला प्रहरी कार्यालय काठमाडोंलाई फ्लोरेसन ज्याकेट हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । रात्रिकालीन समयमा सडकमा खटिएका प्रहरीहरुको जोखिम व्यवस्थापनमा सहयोग पुर्याउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको हो । 

प्रहरी उपरीक्षक सीताराम रिजाललाई शंखमूल शाखाका प्रमुख पुण्य श्रेष्ठले उक्त सामग्री हस्तान्तरण गरेका थिए । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैैंकले जनाएको छ ।

Advertisement

Advertisement